आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

सति प्रथा अन्त्य भएको १०० वर्ष पुगेको अवसरमा जुम छलफल सम्पन्न

परदेशी खबर २०७७ अषाढ २९, सोमबार मा प्रकाशित ( ६ साल अघि) ४१८ पाठक संख्या

बिज्ञापन (Sponsored)

सम्राट गुरुङ / पोखरा
सति प्रथा अन्त्य भएको १०० वर्ष पुगेको अवसरमा जुमबाट अाज बृहत कार्यक्रम एकल महिला समूह नेपालले सम्पन्न गरेको छ।
सो जुम छलफल कार्यक्रममा लेखक युग पाठक, राष्ट्रिय अादिवासी जनजाति महिला महासंघका उपाध्यक्ष यसो कान्ति भट्टचन, नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सह-सचिव मनमाया पंगेनीले प्यानलिस्टको भुमिका सहिला अा-अाफ्नो धारण राखेको थियो।

यसै गरि छलफल कार्यक्रमको टिप्पणीकर्ताहरुको रुपमा मानव अधिकारका लागि महिला समूह-एकल महिला समुहका संस्थापक एवम रणनीतिक सल्लाहकार कुन्दा शर्मा, संस्थाकै संस्थापक अध्यक्ष लिली थापा, गण्डकी प्रदेशका अध्यक्ष एव एकल महिला अभियान्ता प्रमिला तझ्या र संस्थाकै कार्यकारी निर्देशक सुमिरा श्रेष्ठ रहेको थियो ।

उक्त कार्यक्रम अाज दिउँसो ११ बजेदेखि १ बजेसम्म सम्पन्न भएको थियो भने अायोजना मानव अधिकारका लागि महिला समूह-एकल महिला समूहले गरेको थियो थियो । सो छलफल कार्यक्रममा ८८ जनाको सहभागीता रहेको थियो।