आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

९३ वर्षको उमेरमा लाटा सार्कीले पाए नागरिकता

परदेशी खबर २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ( ६ साल अघि) ४७२ पाठक संख्या

बिज्ञापन (Sponsored)

परदेशी खबर/ १८ असार, भोजपुर । नगरिकता पाउनबाट बन्चित रहेका भोजपुर जिल्ला अरुण गाउपालिका वार्ड नम्बर २ घर भएर पनि विभिन्न पार्टी पौवा र सार्वजनिक स्थानमा बस्दै आएका लाटा सार्कीलाइ ९३ वर्षको उमेरमा नेपाली नागरिकता पाएका छन ।

सङ्घीय संसाद सुदान राई, प्रमुख जिल्ला अधिकारी, अरुण गाउपालिका प्रमुख , अरुण गाउपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष लगायत सामजिक अभियान्ताको उपस्थितिमा नागरिकता प्रदान गरिएको जनता समाजवादी पार्टीका अरुण गाउपालिका अध्यक्ष राजकुमार राइले बताएका छन ।

परिवार विहिन रहेका सार्कीलाइ चिन्ने जान्ने लामो समय देखी यसरी नै माग्दै खाने गरेको बताइएको छ । साथै गाउपालिका र सामाजिक अभियान्ताको सहकार्यमा सार्कीको ब्यबस्थापन गर्ने कार्यलाइ पनि अगदी बढाउन लागेको जसपा अरुण गाउपालिका अध्यक्ष राजकुमार राइले बताएका छन ।