मिलन तमु / पोखरा

जुुन २७- तमु प्ये संघ केन्द्रिय समितिको समन्वयमा शरीरको कुनै पनि रोग सँग लड्न सक्ने क्षमता बढाउने शक्तिवर्धक औषधी आर्सनिक एल्बम-३० नि:शुल्क वितरण गर्दै आएको छ । मानिसको शरीरमा रोग प्रतिरोधात्मक शक्ति उच्च बनाउन मद्दत गर्ने उक्त औषधी अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेश समितिले पोखरामा निःशुल्क रुपमा वितरण गर्दै आएको छ।
हाल देशमा कोरोना भाइरसको महामारी फैलिएको बेला उक्त औषधीको सेवन गरेमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता उच्च हुनगइ रोग लाग्नबाट बच्न सकिने,यो औषधीले कुनै साइड इफेक्ट नगर्ने र सिकिस्त बिरामी (बेड पेसेन्ट), २ वर्ष भन्दा मुनिका बालबालिका तथा गर्भवती महिला बाहेक अन्यले बिहान् उठने बित्तिकै खाली पेटमा ओंठमा च्यापेर सेवन गर्न सकिने अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष डा.विष्णुप्रसाद चापागाईंले बताएका छन।
औषधि बितरण कार्यलाई किरण होमियो फार्मेसी रामबजारले व्यवस्थापन गर्दै आइरहेको छ भने पाइला फिल्मस प्रा.लि. पोखराको ब्यानरमा निर्माण भएको गुरुङ चलचित्र ङ्हेल्स्यो सैना र मिलन फाउन्डेसन नेपालले सहकार्य गर्दै आएको छ ।
तमू प्ये ल्हु संघ सँग आवद्ध इकाई, क्षेत्रीय समाज, लगायत अन्य समाजहरुको सिफारिसमा केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु तमूले एसोसिएसन सँग आग्रह गर्दै वितरण गर्दै आएकोमा २०७७ असार १३ गते शनिबार कोल्मा बहाकोट तमु समाज पोखरा-१० इन्द्रमार्ग लाई २५० फेमिली प्याकेज समाजका अध्यक्ष सु.भोज बहादुर तमुलाई हस्तान्तरण गरेको छ भने तालबेंशी तमु समाज, तालबेंशीलाई ६१, मार्गेली तमु समाज, भकुण्डेलाई ४९ फेमिली प्याकेज वितरण गरेको छ ।
यसैगरी आज नै महाशिला गाउँपालिका पर्वतलाई पनि २२०० फेमिली प्याकेज गाउँपालिकाका प्रमुख राजु पौडेललाई हस्तान्तरण गरेको छ । यसरी वितरण गरिएको हरेक एक फेमिली प्याकेज बराबर पाँच जना लाई पुग्ने तमु प्ये ल्हु संघ केन्द्रिय समितिका महासचिव हर्क योज तमुले बताएको छ ।
