आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ४५०,संक्रमित संख्या ४६,१३३ र संक्रमित २ जनाको मृत्यु

परदेशी खबर २०७७ अषाढ १०, बुधबार मा प्रकाशित ( ६ साल अघि) २४८ पाठक संख्या

मानु कोन्मे तमु – युएईको  स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुन २४ तारिख बुधबार ४५० जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ।  नयाँ भेटिएको  संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ४६,१३३ जना पुगेको छ। 

बिज्ञापन (Sponsored)

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ७०२ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म  संक्रमित भएका ३४,४०५ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप २ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३०७ जना पुगेको छ भने संक्रमित बिरामी संख्या  ११,४२१ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको  छ।