आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

थप ६२९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

परदेशी खबर २०७७ अषाढ १०, बुधबार मा प्रकाशित ( ६ साल अघि) २२९ पाठक संख्या

बिज्ञापन (Sponsored)

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार ७२८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार  ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ९३ हजार एक सय ९४ र आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको नुमना परीक्षण भएको छ । 

कोरोना जित्नेको संख्या भने दुई हजार तीन सय ३८ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये पुरुष दुई हजार एक सय ४१ छन् भने महिला १९७ छन् ।  बुधबार मात्र ११४ जना डिस्चार्ज भएका छन् । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।