आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार दुई सय ११ पुग्यो

परदेशी खबर २०७७ अषाढ १, सोमबार मा प्रकाशित ( ६ साल अघि) १८० पाठक संख्या

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । आज एकैदिन चार सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।

बिज्ञापन (Sponsored)

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार दुई सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार मात्रै ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। 

यस्तै सोमबार थप ६७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले  गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६७  जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको १ हजार ४१ पुगेको छ। जसमध्ये ९३७ पुरुष र १०२ महिला छन्।