आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

आज मात्र युएईमा कोभिड – १९ को नयाँ संक्रमित ८९४ जम्मा  २६,८९८ मध्य ४ जनाको मृत्यु

परदेशी खबर २०७७ जेष्ठ ८, बिहिबार मा प्रकाशित ( ६ साल अघि) ४०६ पाठक संख्या

मानु कोन्मे तमु, युएई

बिज्ञापन (Sponsored)

मे २१– युएईमा स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४२,००० नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २१ तारिख बिहीबार ८९४ जना नयाँ संक्रमितको पुष्टि भएको छ। संक्रमित सबै स्थिर अवस्थमा रहेको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २६,८९८ जना पुगेको छ।

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ९४६ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका १२,७५५ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप ४ जनाको मृत्यु भएको छ । मृत्यु भएका पहिलेको दीर्घकालीन रोग बाट ग्रासित भएका कारणले मृत्यु भएको हो। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २३७ जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनतालाई सबैको स्वास्थ्य सुरक्षाको लागि निर्देशिकाहरु र सम्बन्धित प्राधिकरणको निर्देशनहरु पालना गर्न आग्रह गरेको छ।