झापा– झापाको कचनकवलका थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमवार एक जनामा संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका थप नौ जनामा मंगलवार कोरोना भाइरस पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
केचनाका पहिलो संक्रमति भारतबाट भागेर नेपाल छिर्न खोज्दा प्रहरीको फन्दामा परेका थिए । उनीसँगैका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएको हो ।
सुनसरीको इटहरीका एक जना युवक र एक जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ। धरानस्थित वीपी कोइराला प्रतिष्ठानमा भएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। प्रदेश १ मा मंगलबार मात्रै ११ जना संक्रमित थपिएका छन्।
झापाका नौ जना र सुनसरीका दुई जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। त्यसमध्ये १७ जना उपचारपछि घर फर्केका छन्। यो खबर बिबेचना डट्कमले प्रकाशित गरेका छन ।
