आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

युएईमा कोभिड – १९ नयाँ संक्रमित ७४७ , संक्रमित संख्या २१,८३१ र २ जनाको मृत्यु

परदेशी खबर २०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित ( ६ साल अघि) २७९ पाठक संख्या

मानु कोन्मे तमु/ युएई – युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट  २०२० मे १५  तारिख शुक्रबार  ७४७ जना नयाँ संक्रमित भेटिएको  छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २१,८३१  जना पुगेको छ। युएईमा कोरोना भाइरसका ३८,००० हजार भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिमाण अनुसार नयाँ संक्रमित भेटिएको हो।

बिज्ञापन (Sponsored)

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ३९८ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका ७,३२८  जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप २ जनाको मृत्यु भएका छ् । मृतकहरु पहिलेको दीर्घकालीन रोग बाट ग्रासित जटिलताका कारण मृत्यु भएको हो। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २१०  जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको  छ। 

युएई सरकारका स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनतालाई स्वास्थ्य अधिकारीहरुसँग सहकार्य गर्न र सबैले स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सामाजिक दूरी प्रोटोकलहरू र रोकथाम उपायहरूको पालना गर्न आह्वान समेत  गरेको छ।