आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा द्वारा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन माग,कोभिड १९ संक्रमण ७८३, मृत्यु २

परदेशी खबर २०७७ बैशाख ३१, बुधबार मा प्रकाशित ( ६ साल अघि) ७६५ पाठक संख्या

मानु कोन्मे तमु, युएई

बिज्ञापन (Sponsored)

मे १३- युएईमा  स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार बिश्वब्यापी महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे १२ तारिख ७८३ जना नयाँ संक्रमित भेटिएको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या – १९,६६१ जना पुगेको छ।युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ६३१ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका ६,०१२ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप २ जनाको मृत्यु भएका छ् । मृतकहरु पहिलेको दीर्घकालीन रोग बाट ग्रासित जटिलताका कारण मृत्यु भएको हो। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २०३ जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

युएईमा मंगलबार २ जना नेपाली नागरिकले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन। त्यसैगरी मे ९ तारिख १ जनाले कोरोना भाइरस बाट ज्यान गुमाएका थिए । यसैसंगै कोरोना भाइरसका कारण युएईमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। एनआरएनए युएईको तथ्याङ्क अनुसार केहि दिन अगाडी १४९ जना रहेकोमा आजको मिति सम्म आइ पुग्दा २ सय भन्दा बढी नेपाली नागरिकहरु कोरोना भाइरस बाट संक्रमित भएको बताएको छ।

विश्वव्यापी रुपमा महामारी फैलाइरहेको कोरोना भाइरस रोक्न लगाइएको लकडाउनको कारण युएईमा समस्यमा परेका, भिजिट भिसामा युएई भ्रमणमा रहेका,रोजगार गुमाएका,युएईमा कार्यरत गर्भवती महिलाहरु नेपाल फर्कन नपाउदा जटिल अवस्थामा रहेका छन । एनआरएनए युएईका उपाध्यक्ष एवं क्युआरएफ टिमका संयोजक पासाङ शेर्पाले खाडीमा अलपत्र परेका नेपाली नागरिकहरु लाई तत्काल नेपाल फर्काउन नेपाल सरकार संग माग गरेका छ्न।

त्यसैगरी एनआरएनए युएईले राहत खाद्यान्न सामग्री बितरण लाई निरन्तरता दिंदै ३३ दिन पूरा गरेको छ। एनआरएनए युएई क्युआरएअफ टिमले ३३ दिन सम्म अलपत्र परेका ,रोजगारी गुमाइ समस्यमा परेका २ हजार ५ सय भन्दा बढी नेपाली नागरिकहरु लाई झण्डै २० लाख भन्दा बढी रकम बराबरको राहत खाद्यान्न सामाग्री बितरण गरेको बताएको छ भने युएईमा रहेका २ हजार ५ सय भन्दा बढी नेपाली नागरिकले नेपाल फर्किनका लागी एनआरएन युएईले खुला गरेको फाराम मार्फत आवेदन दिएका छन।