युवक राई – विश्वमा एकाएक देखा परेको नोबेल कोरोनाले अहिले पूरा विश्वलाई मानव जिविकाको लागी अत्यन्तै कष्टकर समय पनि हो। विश्वले कसरी हुन्छ कम क्षतिमा यो महामारी बाट पार पाउन चाहन्छ । WHO ले पनि भनेको छ। जब सम्म नोबेल कोरानाको भ्याक्सिन पत्ता लाग्दैन तब सम्म अहिलेको एउटै विकल्प भनेको मान्छे देखी मान्छेको दुरि बनाई राख्नु हो। तसर्थ हरेक देशले यो भनाईलाई आत्मसात गदै lock down जस्तो निकै कडा नियम लागु गरिरहेको छ। यसले पनि खासै कुनै प्रभावकारी नतिजा नदिए पछि धेरै देशले lock down भन्दा अझ कडाईका साथ अन्य उपाय अपनाई रहेको छ। अहिले कुवेतले पनि लगातारको बड्दो पोजिटिभ केसलाई कम गराउन साथै सकेसम्म सबै निर्मुल पार्न मेइ 10 बेलुका 4 बजे देखि मेइ अन्तिम सम्मको लागि २० दिने लामो full curfew लगाउने भएको छ। हामी कुवेतमा रहने सबैको लागी केही समयको लागी यो निर्णय कष्टकर भए पनि त्यस पछिको लागि एउटा सुखद नतिजा दिने समाचार हुन सक्छ।
यसलाई हामी सबैले पालना गर्दै यस बिचमा निम्न बिसयमा ध्यान दिदा हामीलाई अझ सहज हुनसक्छ।
१. बीस दिन वा त्यो भन्दा पछि पनि यो full curfew लागु हुने भएकोले आफुलाई चाहिने केहि महिना सम्म पुग्ने पैसा राख्ने।
२. ड्राई फुड ( लामो समय सम्म नबिगर्ने खाद्यान्न जस्तै चाउचाउ, म्याकरोनी , चिउरा , दाल , आलु , चामल लगायत ) बढी मात्रामा किनेर राख्ने।
३. परिवार साथै नजिकको साथीभाई सङ सम्पर्कमा निरन्तर रहिरहने।
४. नियमित रुपमा ब्यायाम गर्ने, साथै आफ्नो उच्च मनोबल बनाउदै अन्य हतोत्साहित मित्र वा परिवारलाई हौसला बढाई रहने।
५.जाड, रक्सी लगायत सेवनबाट परै रहने।
६. यदि कम्पनीले खान बस्नमा कुनै समस्या देखाउदै कुनै नोटिस निकाली हालेमा कुनै हुलदङा नगरी सबै बुझेर नेपाली राजदूतावासमा कुरा राख्ने। ( राजदुतावासको टेलिफोन नम्बरहरूः २५३२१६०३, २५३२१६०४, २५३२१६०५) · हटलाइन नम्बरः ९८८६९१२१
७. यो समय एक नेपालीले अर्को नेपालीलाई खुलेर कुनैपनी प्रकारको सहयोग गर्नु पर्ने भएकोले हुनेले सक्रिय पारदर्शी ब्यक्ति वा सस्था बाट सहयोग दिने।
८. कुनै पनि अफवाहमा नलागी , कसैलाई पनि भ्रमित वा उत्तेजित बनाउने समाचारमा नलाग्ने।
९. कुनै पनि कुराको आफ्नो निश्चित आयु हुन्छ, त्यसैले यस नोबेल कोरोना पनि छिटै सकिनेछ । तसर्थ आफू सुरक्षित बस्दै सबैलाई सुरक्षित रहन हरदम प्रयास गर्ने/गराउने।
