आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

थपिए १३ जना कोरोना संक्रमित, एकैदिन २४ जनामा पुष्टि

परदेशी खबर २०७७ बैशाख २९, सोमबार मा प्रकाशित ( ६ साल अघि) २६६ पाठक संख्या

काठमाडौं । सोमबार फेरि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  योसँगै सोमबारमात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

बिज्ञापन (Sponsored)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का १५,१९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।  

यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका –६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुपमा कोरोना पुष्टि भएको हो । 

यसैगरी बर्दियाको राजापुर ५ का ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।