कुवेतमा कोरोना संक्रमनबाट ९२८६ सङ्क्रमित, ५९८ नयाँ संक्रमित, ७ जनाको मृत्यु (अपडेट)
परदेशी खबर / ११ मे – कुवेत l कुवेतमा कोरोना भाइरसबाट ५९८ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर ९२८६ जना पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले आज मे ११ तारिकमा पुष्टि गरेको छ l
कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ९२८६ जना मध्ये ६३१४ संक्रमितहरुको उपचार भैरहेको छ भने १३१ जनाको अवस्था गम्भीर साथै १७८ थप गरि २९०८ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिले सम्म ८४ जना नेपाली सङ्क्रमित भएको र यसमा ८ दिनको विवरण जोडिएको छैन । पछिल्लो २४ घण्टामा ७ जना मृत्यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या ६५ पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।
मे १० तारिक साँझ ४ बजे देखि ३० तारिक २०२० सम्म पूर्ण रुपमा लकडाउन आदेश जारी गरिएको छ । क्याबिनेटको बैठकले यो निर्णय गरेको हो ।
विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेसंगै ब्यास्त सहरहरु सुन्सान अवस्थामा रहेको छ भने मार्च १ तारिक देखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्ट २०२०सम्मका लागि बन्द गरेको छ ।
