आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

युएईमा कोभिड -१९ कोरोना भाइरसको बारे पछिल्लो जानकारी

परदेशी खबर २०७७ बैशाख २३, मंगलबार मा प्रकाशित ( ६ साल अघि) ४४२ पाठक संख्या

परदेशी खबर/ मे ५, युएई। विश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरस युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार २८,००० भन्दा बढी नागरिक र बासिन्दाहरुको बिच परिक्षण गर्दा कोरोना भाइरसको – ४६२ जना नयाँ संक्रमित भेटिएको छ। पछिल्लो भेटिएका संक्रमित सबै स्थिर अवस्थामा रहेका छ्न। नयाँ संक्रमित सहित हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या – १५,१९२ जना पुगेको छ भने स्वास्थ्य तथा रोकथाम मन्त्रालयको रिपोर्ट अनुसार सोमबारको तुलनामा मंगलबार नयाँ संक्रमित संख्या १८.५ प्रतिशतले घटेको जनाएको छ।

बिज्ञापन (Sponsored)

त्यसैगरी युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् – १८७ जना पुर्णरुपमा निको भएका छन। युएईमा उपचार पश्चात् हाल सम्म संक्रमित भएका – ३,१५३ जना पुर्णरुपमा निको भइसकेका छ्न।

कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भएका थप – ९ जनाको मृत्यु भएको छ । मृतकहरु पहिलेको दीर्घकालीन रोग बाट ग्रासित थिए ।जसको परिणाम स्वरुप जटिलताका कारण मृत्यु भएको हो। युएईमा हाल सम्म कोरोना भाइरस बाट संक्रमित भइ मृत्यु हुनेको संख्या – १४६ जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालय जनाएको छ।