आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

कुवेतमा कोरोना संक्रमनबाट १९१५ सङ्क्रमित, थप एकको मृत्‍यु, १६४ नयाँ संक्रमित (अपडेट)

परदेशी खबर २०७७ बैशाख ७, आईतबार मा प्रकाशित ( ६ साल अघि) ४४४ पाठक संख्या

परदेशी खबर / १९ अप्रिल – कुवेत l कुवेतमा कोरोना भाइरसबाट १६४ जना नयाँ संक्रमित थपे संगै संक्रमितको  संख्या बढेर १९१५ जना पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले आज अप्रिल १९ तारिकमा पुष्टि गरेको छ l

बिज्ञापन (Sponsored)

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु १९९५ जना मध्ये १६०३ संक्रमितहरुको उपचार भैरहेको छ भने ३८ जनाको अवस्था गम्भीर साथै २५ थपले स्वास्थ्य गरि ३०५ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। कुवेतमा पछिल्लो २४ घण्टा नयाँ नेपाली संक्रमित देखिएको छैन । अहिले सम्म २१ जना नयाँ नेपालीमा सङ्क्रमित छन। आज एक ६० बर्षिय भारतीय नागरिकको मृत्‍यु भएको छ ।  यस अघि ३ कुवेती र  एक ६९ बर्षिय ईरानी र एक भारतीय नागरिक र एक बङ्गालादेशी नागरिक गरि ६जनाले ज्यान गुमाएका थिए ।  कुवेतमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ   

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेसंगै ब्यास्त सहरहरु सुन्सान अवस्थामा रहेको छ भने मार्च १ तारिक देखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्ट २०२०सम्मका लागि बन्द गरेको छ ।

बेलुका ५ बजे देखि बिहान ६ बजे सम्म १३ घण्टा कर्फ्यु देशब्यापी रुपमा लागु गरी रहेका छ्न । २ हप्तासम्मको लागि कुवेतको जिलिब र महाबुलामा भने पूर्ण लकडाउन गरिएको छ । पुरा कुवेतमा नै कर्फ्युको संभाबना समेत रहेको छ ।

कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६० हजार ९५६ पुगेको छ । बिभिन्न संचार माध्यमहरुले जनाएको विवरणअनुसार संसारभरि २३ लाख ४१ हजार ९५८ जना कोरोना भाइरसबाट सङ्क्रमित र ६ लाख १ हजार ३६२  जना निको भएका विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो तथ्याङकमा सार्वजनिक गरेकोे छ ।