आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

र्‍यापिड टेष्टमा धादिङका एक व्यक्तिमा कोरोना पोजेटिभ

परदेशी खबर २०७७ बैशाख २, मंगलबार मा प्रकाशित ( ६ साल अघि) २१५ पाठक संख्या

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । 

बिज्ञापन (Sponsored)

ज्वालामुखी गाउँपालिका अन्तरगत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा दक्षिण कोरियाबाट गत फागन २० गते फर्किएका व्यक्तिमा कोरोना देखिएको हो । कोरोना देखिएका व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । 

उनलाई जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । आइसोलेसनमा राखेपछि उनको थ्रोट स्वावलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । उनले भने, ‘टेकु अस्पतालले परीक्षणपश्चात पुष्टि गरेमा हामीले ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउने छौँ ।’ कोरियाबाट फर्केर उनी होम क्वारेन्टाइनमै रहेका थिए । 

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका व्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गरेका छन् । र्‍यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ४० वटा परीक्षण भइसकेको छ । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।