आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

झापाकाे कचनकवलमा राहत वितरणकाे नयाँ शैली: न फाेटाे, न ठेलमठेल सामाजिक दुरी कायम

परदेशी खबर २०७६ चैत्र २६, बुधबार मा प्रकाशित ( ६ साल अघि) ३३० पाठक संख्या

विर्तामाेड । झापाकाे कचनकवल गाउँपालिकामा राहत बितरणमा नयाँ तरिका अवलम्बन गरिएकाे छ ।

बिज्ञापन (Sponsored)

फोटो – सांसद राजेन्द्र लिङ्देनको वालबाट

उनका अनुसार जति संख्यालाई राहत वितरण गर्ने हो त्यतिनै संख्यामा अलगअलग स्थानमा राहत सामाग्री राखिनेछ ।

फोटो – सांसद राजेन्द्र लिङ्देनको वालबाट

त्यसपछि टोल विकास संस्थाका पदाधिकारीहरूले नाम बोलाएपछि सामाग्री बुझेको हस्ताक्षर गरेर राहत लिन आउने व्यक्ति आफैले एक भाग उठाएर लैजानु पर्नेछ ।

झापाका स्थानीयतह मध्ये कचनकवल गाउँपालिकाले सबैभन्दा पहिला राहत वितरणका क्रममा कुनै प्रकारका तस्विर तथा भिडियाे नलिन निर्देशन जारी गरेकाे थियाे ।

विपन्न समुदायकाे स्वाभिमानमा ठेस नपुगाेस् भनेर यस्ताे व्यवस्था लागू गरिएकाे र अन्य वडामा पनि साेही बमाेजिम राहत वितरण गरिने गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

पछिल्लाे समय राहत वितरणका नाममा स्थानीय तहहरुले पनि काेराेना भाइरस संक्रमणकाे जाेखिमलाई ध्यान नदिई भीडभाड गर्ने र अनावश्यक तस्वीर लिने गरेपछि संघीय मामिला मन्त्रालयले पनि तस्वीर नलिन र आवश्यक सतर्कता अपनाउन निर्देशनात्कम आदेशनै जारी गरेकाे छ ।

सोही निर्देशन लाई स्विकार्दै कनचनकवल गाउँ पालिकाले पनि सुरु गरेको हो। जस बाट कोरोना रोग बाट बच्न सहयोग हुने र राहत लिन आउने परिवार को फोटो नलिदा पनि आफू गरिब हुँदा पनि गाउँ पालिकाले हाम्रो  फोटो नलिएर हाम्रो आत्मसम्मान लाई सम्मान गरेको भनेर बुझ्ने त्यहाको जनताले बुझ्ने गाउँपालिका को बुझाइ छ। – खबरमन्चबाट