आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

पोखरामा कोरोना भाइरसका सातौं संक्रमित फेला

परदेशी खबर २०७६ चैत्र २१, शुक्रबार मा प्रकाशित ( ६ साल अघि) २४३ पाठक संख्या

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९)का सातौं संक्रमित भेटिएका छन् ।

बिज्ञापन (Sponsored)

गण्डकी प्रदेशको पोखरामा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका हुन् ।

गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन पहिले भारतबाट नेपाल आएका थिए ।

केन्द्र सरकारले प्रदेशहरुमा पठाएको पोर्टेवल पीसीआर मेसिनमा नमूना परीक्षणका क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यद्यपि प्रदेश सरकारले संक्रमणको पुनः पुष्टि गर्न ती व्यक्तिको स्वाव काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जनाएको छ ।