युवक राई – बिश्व अहिले ( covid-9) नोबेल कोरोना महामरीको चपेटामा छ । जसले बिश्वको महाशक्ति रास्ट्र देखि बिश्वकै गरिब मुलुकहरुमा पनि आफ्नो भयाभय कालको श्रृन्खला दिनानु दिन बढाई रहेको छ । जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बिश्वका सबै देश र मानिसलाई प्रभावित पारी रहेको छ । हजारौं ज्यान गैसकेको छ भने , अझै कति मृत्यु हुन्छ भने कसैले अनुमान लगाउन सक्ने स्थिति छैन । बिश्वकै राम्रो स्वास्थ्य प्रणाली भएको रास्ट्रहरुनै आज सबैभन्दा बढी पिडित छन् l शक्तिसाली रास्ट्रहरुले हात उठाई रहेका छन l हरेक प्रकारको एन्टिभाइरस परिक्षण बिफल भै रहेको छ। यस्तो अवस्थामा बिश्वभर श्रमिकको रुपमा छरिएर रहेका लाखौं नेपालीलाई के एसियाकै दोस्रो गरिब हाम्रो रास्ट्रले फिर्ता बोलाउन सक्छ ? बहस वा चिन्ता यहाँ हैन। के हामि प्रवाशमा यानी कर्म भुमिमा भन्दा जन्म भूमिमा सुरक्षित हुन्छौं ? के हाम्रो रास्ट्र जो खाद्यान्नमा लगभग परिजिबीको अवस्था छ , अझ हामी सबै जादा पुर्याउन सक्छ ? धेरथोर अहिले पठाई रहेको रेमिटान्स पनि बन्द गरेर जादा कतिन्जेल रास्ट्रले ऋण लिएर पाल्न सक्छ ? बहस यता गरौं ।
अहिले भारतमा रहेका हजारौ नेपाली सीमानामा रोकिएर अलपत्रमा छन् । उनीहरुलाई सरासर भित्र आउँन दिदा, हाम्रो जस्तो सिमित स्वास्थ्य सामाग्री ,अयोग्य चिकित्सक , नैतिकता कम भएका अस्पतालले रेखदेख गर्न सक्ला। अहिले जति पनि नोबेल कोरोना पोजिटिभ भेटिएका नेपाली छ्न प्राय सबै बिदेश बाट नेपाल गएकामा पाईएको छ l यस्तो अवस्थामा देश बाहिर रहेका हामीहरुले र भित्र रहेका सरकारले सचेत दिमागले सोच्न जरुरी छ। यसो भन्दैमा सिमानामा रहेका नेपालीलाई बिचल्लीमा राखेर लाचार हुनु भन्ने हैन। आवस्यक परुन जल नेपाली श्रमिकको श्रम दोहन गर्ने र बिपत्तिमा छोड्ने कुनैपनि रास्ट्र सङ प्रवासमा रहेका नेपाली दूतावासहरुले कुटनैतिक परिणाम आउने छलफल गर्न पर्छ। आज भारतबाट मात्र नभएर बिश्वमै श्रमिकको रुपमा गएका नेपालीहरुको रोजगार खतरामा पर्न थालेको छ । हुन् सक्छ कुनै दिन ति रोजगार दाता रास्ट्रहरुले आफ्नो जनता यो महामारी बाट लामो समय सम्म सुरक्षित राख्न प्रवासी श्रमिकहरुलाई आआफ्नै देश फर्काउने कुनै कदम बढाउन सक्छ। यस्तो परिस्थितिमा देशमा नोबेल कोरोनाले कम भोकमरीले बढी नेपाली मर्न सक्छन।
तसर्थ नेपाल जस्तो रेमिट्यान्सले धानेको रास्ट्रले अबको बहस नेपाल सरकार हामीलाई पनि स्वदेश फिर्ता गर वा गर्ने स्थितिमा बस भन्ने भन्दा पनि हामी जहा जहा छौ सुरक्षित बस्छौं । सरकारले हरेक देशमा रहेका नेपाली दूतावासलाई यो अवस्थामा हाम्रो नागरिकलाई नपठाई दिन र सके सम्म सामान्य आधारभुत बस्तुमा सहुलिएत दिन आग्रह गर्न लगाउनु पर्छ ( जस्तै खाद्यान्न , स्वास्थ , घरभाडा आदि ) ।
साच्चै भन्नु पर्दा यो समय नेपाल सरकारले हामीलाई परेको बेला नेपाल फर्काउन सक्नुपर्छ भन्नु भन्दा पनि हामी जहा छौ सुरक्षित बसौ , एक नेपालीले अर्को नेपालीलाई सकेको सहयोग गरौ, त्यो देशले जारी गरेको हरेक नियम पालना गरौ , नेपालि दुतावास संग लगातार सम्पर्क गरौं । भ्रमित र झुटा समाचारमा नपरौ र पर्न नदिउ। एक अर्कालाई सान्त्वना दिउ। बहस,ध्यान र चिन्ता यता केन्द्रित गरौं ।
