आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026
FLASH NEWS

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिसुलीमा बेपत्ता

परदेशी खबर २०७३ आश्विन ९, आईतबार मा प्रकाशित ( ९ साल अघि) ३६३ पाठक संख्या

• गाडीमा ७ जना सवार थिए • एक महिलासहित चार जनाको उद्धार

बिज्ञापन (Sponsored)

image

सेप्टेम्बर २५ ।पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिसुलीमा बेपत्ता भएको छ ।

घिमिरे चढेको बा९च १५३१ चढेको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ ४ बजे खसेर बेपत्ता भएको हो । गाडी काठमाडौं आउँदै थियो । गाडीमा सवार घिमिरेसहित तीन जना बेपत्ता छन् ।
चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार सात जना सवार गाडीका एक महिलासहित चार जनाको उद्धार गरिएको छ । बृद्ध महिला चैतन्यकुमारी, घिमिरेकी आमा भएको अनुमान गरिएको छ । उनीसहित चालक विष्णु राई, सशस्त्र प्रहरीका हवल्दार आरसी कार्की र नारायणप्रसाद काफ्लेको उद्धार गरिएको छ । दुईजनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा घाइते चालक विष्णु राईलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार गाडीमा रहेका घिमिरेसहित तीन जना बेपत्ता छन् ।साभार: कान्तिपुर अनलाइनबाट