काठमान्डौ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले काभ्रेको बनेपामा रहेको सुकुम्बासी ‘होल्डिङ सेन्टर’को निरीक्षण गरेका छन् । सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार बिहान ‘होल्डिङ सेन्टर’ पुगेको हो ।
टोलीले सुकुम्बासी बस्तीका नागरिकसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ । सरकारले समस्या समाधान छिटो गर्ने वाचा उनीहरूले गरेका छन् । बालबच्चाको पढाइ, दीर्घरोगीहरूलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरूले राखेका छन् ।
समितिका सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने बताएका छन्
तस्वीर : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
-1779080615.jpeg)
-1779080618.jpeg)
-1779080619.jpeg)
-1779080617.jpeg)
-1779080617.jpeg)
-1779080617.jpeg)
-1779080617.jpeg)
-1779080616.jpeg)
-1779080616.jpeg)
-1779080616.jpeg)
-1779080615.jpeg)
-1779080615.jpeg)
