
भदौ ६,काठमाडौँ । अफगानिस्तानबाट करिब ६०० जना नेपाल फर्किएको गृहमन्त्रालयले जानकारी दिएको छ । तालिबानले सत्ता कब्जा गरेपछि अहिलेसम्म यतिका संख्यामा नेपाली फर्केको हो ।
गृहमन्त्रालयका अनुसार शनिबार पनि अफगानिस्तानबाट दुईवटा उडानमा नेपाली आएका छन्। दुईवटा उडानमा २७ र ९ गरी जम्मा ३६ जना नेपाल आइएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार एक सातामा ५२२ फर्किएका छन् । थप ३१७ जना नेपाल फर्कनका लागि नाम टिपाएका छन् ।
शनिबार राति पनि अफगानिस्तानबाट केही नेपाली स्वदेश फर्किने उडान तालिका रहेको पोखरेलले जानकारी दिए ।
