आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

कुवेतमा आयोजित “कल्याणकारी-अलमुजैनी सांगितिक धमाका २०२३” भव्यरुपमा सम्पन्न

परदेशी खबर २० आश्विन २०८०, शनिबार १२:४२ मा प्रकाशित ( ६ महिना अघि) ३३९ पाठक संख्या

परदेशी खबर/ अक्टोबर , कुवेत। कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा गरिएकोकल्याणकारीअलमुजैनी धमाका २०२३ हिजो अक्टोबरमा अतिथि कलाकारहरुको साथमा भब्यताका साथ सम्मपन्न भएको छ।

कुवेतको माहबुला स्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो।

अतिथि कलाकारहरुलाई पञ्चेबाजाको टोलीले हलको गेटबाट कार्यक्रम स्थलसम्मा पञ्चेबाजा बजाएर स्वागत गरिएको थिए।

समाजका अध्यक्ष सुवास श्रेष्ठको सभापतित्व नेपाली दूतावास कुवेतका तृतिय सचिव रेवन्त केसीप्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा कुवेतको एनआरएनए आइसिसी सदस्य हरी लवाती, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा,अलमुजैनी एक्सचेन्ज मेनेजर, Al Muzaini Exchange co. Manager,जजिरा एयरलाइन्सको प्रतिनिधी, पत्रकार महासंघको वैदेशिक शाखा कुवेतको उपाध्यक्ष राज मल्ल ठकुरी, Ambassador Super market प्रतिनिधी विशेष आतिथ्यता तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेका थियो

कार्यक्रमलाई पत्रकार आनन्द आचार्य, नेपाली जनसम्पर्क समिती कुवेतका माहामन्त्री केशर घलानतामाङ,कलाकार मेरी राईले संयुक्तरुपमा सञ्चालन गरेका थिए। भने अतिथिहरुलाई मन्तब्य द्वारास्वागत समाजका महासचिव आङ्नोर्बु शेर्पा गरेका थिए। राष्ट्रिय गानको साथ सुरु भएको कार्यक्रममा सभापति,प्रमुख अतिथि,बिशेष अतिथिहरु लगाएतको सामुहिक उपस्थितिमा दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गरिएको थियो। स्थानिय कलाकारहरुको प्रस्तुति संगै अगाडी बढेको कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए भने समाजले गरेको सामाजिक देखी खेलकुद क्षेत्रमा गरेको कामहरुके बारेमा समाजका सदस्य रोहित कटुवालले प्रष्ट गर्नुका साथै प्रोजेकटरबाट  पनि देखाइएको थियो।

दर्शकको निक्कै बाक्लो उपस्थिति रहेको कार्यक्रमको गति संगै अतिथी कलाकार बहुचर्चित गयाक कर्णप्रीय स्वरकी धनी उर्गेन दोङले झन्डै एक दर्जन भन्दा बढी गीतहरु गाएर सबैलाई नचाइन् साथै डान्सर आश्मा बिश्वकर्माको प्रस्तुतिलेवान्स मोरभन्ने हल्लाले हलमा अझ बढी रौनक थपिएको थियो त्यसै गरि बहुचर्चित गायिका कर्णप्रीय स्वरकी धनी नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा विदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका शान्ती श्री परियारले आफ्नो नयाँ पुराना गीतहरु गाएर छमछमी नचाइन्।

कार्यक्रमको अन्तिम प्रस्तुति सम्म भरिभराउ हलमा समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरु अतिथी कलाकारहरुलाई दोसल्ला ओढाएर मायाको चिनो स्वरुप सम्मान पत्रबाट विशेष सम्मान गरिएको थियो। कार्यक्रमका अन्त्यमा सभापति सुवास श्रेष्ठले कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक,भौतिक,नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघसंस्था,समाजसेवी, कलाकार,पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग,सहकार्य सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, कार्यक्रम समापनको घोषणा गरेका थिए।