आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औं वार्षिक उत्सव सम्पन्न

परदेशी खबर ४ भाद्र २०७९, शनिबार १३:२५ मा प्रकाशित ( १ साल अघि) ५८४ पाठक संख्या

परदेशी खबर/अगष्ट २०, कुवेत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औंवार्षिक उत्सव तथा श्रब्य प्रभाव श्रृंखला भाग कुवेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न भएको छ।

अध्यक्ष प्रविण आचार्यको सभापतित्वमा नेपाली दुतावास कुवेतका महामहिम  दुर्गा प्रसादभण्डारीको प्रमुख प्रमुख अतिथ्यातामा सम्पन्न कार्यक्रममा राष्ट्रिय गित तथा पानस बत्ति बालेरकार्यक्रम सुरुवात गरेको थियो।

विशिष्ट अतिथिमा गैरआवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी  तथा पत्रकारमहासँघ कुवेतका सहसचिव हरि बानियाँ विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको अध्यक्ष प्रेमकटुवालको उपस्थिति रहेको थियो।.कार्यक्रममा उपस्थिति उपस्थिति सबैलाई  गजलकार तिलाचनबस्यालले मिठो गजल बाचनबाट नै स्वागत गरेका  थिए भने कार्यक्रम संचालन गोविन्दप्रसादतिमल्सिनाले गरेका थिए।

साहित्यक कार्यक्रममा शुभकामना मन्तव्य दिनेमा नेपाली दुताबास कुवेतका राजदुत दुर्गा प्रसादभण्डारी  गैरआवासीय नेपाली सघका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी  तथा पत्रकार महासँघकुवेतका सहसचिव हरि बानियाँ ,विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको अध्यक्ष  प्रेमकटुवालले शुभकामना दिएका थिए भने  कार्यक्रमा तिलाचन बस्याल, सिर्जना पाण्डे, बद्री न्यौपानेसाथै राज श्रेष्ठद्वारा गजल बाचन गरेका थिए।

अन्तमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका अध्यक्षद्वारा सभा विसर्जन गर्दै मीठोगजल वाचन मुक्त गरेका थिए भने कार्यक्रममा उपस्थिति सबैलाई मिष्ठान्न भोजनको व्यवस्था समेतगरिएको थियो।