आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

अनेसास कुवेतले आगामि १५ जुलाईमा २०९औं भानु जयन्ती तथा साहित्य रचना वाचन कार्यक्रम गर्ने

परदेशी खबर ११ असार २०७९, शनिबार १७:०१ मा प्रकाशित ( १ साल अघि) ४६९ पाठक संख्या

परदेशी खबर/ जुन २५, कुवेत।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १५ जुलाई २०२२ शुक्रबारका दिन २०९ औं भानु जयन्ती तथा साहित्य रचना वाचन कार्यक्रम गर्ने भएको छ।

क़रीब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझमा नेपाली भाषा साहित्य,प्रवर्धन विकासको लागि सक्रियताकासाथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरलेबिगतका दिनमा पनि बिभिन्न कार्यक्रमका साथ साहित्य रचना वाचन गर्दै आई रहेको हुनाले यस वर्षपनि भानु जयन्ती रचना वाचन कार्यक्रम भव्यताका साथ मनाउने आज २४ जुन २०२२ का दिनफाहाहिल स्थित एवान रेष्टुरेन्टमा समाजका अध्यक्ष प्रबिण आचार्यको अध्यक्षतामा बसेको  बैठकलेनिर्णय गर्रेको छ।

कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आफ्नोरचनाहरु लिएर उपस्थित भइदिनु हुन बारे जानकारी गराउदै आयोजक मुल समितिका संयोजकगोबिन्द प्रसाद तिम्सीनाले जानकारी दिएका छन्।

कार्यक्रम हुने

मिति :-  १५ , जुलाई, २०२२  शुक्रबार

समय :-  दिनको ठिक ०१:०० बजे !

स्थान :-  नेपाली एवान रेष्टुरेन्ट फाहाहिल !

आयोजक :- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर