आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

तमू समाज कुवेतले तमू ल्होसार डिसेम्बर ३१ तारिकमा मनाउने

परदेशी खबर ४ मंसिर २०७८, शनिबार २३:०९ मा प्रकाशित ( २ साल अघि) १२७१ पाठक संख्या

परदेशी खबर/ नोभेम्बर २०,कुवेत तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज कुवेतले तमू (गुरुङ) हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार भब्य कार्यक्रमको आयोजना गरी हर्सोल्लासका साथमनाउने भएको

संसारभरी छरिएका तमू (गुरुङ)हरुले तमू ल्होछार/ल्होसार (पौष १५)लाई राष्ट्रिय तथा साँस्कृतिकचाडको रुपमा मनाउने गर्दछ। यसलाई बर्षभरीको मुख्य चाडको रुपमा मनाइन्छ पौष १५ को रातसबै भन्दा लामो हुने यस पछीको रातहरु क्रमश छोटिदै जाने भएकोले पनि तमू (गुरुङ) समुदायमायस चाडको बिशेष महत्व तमू (गुरुङ) हरुको पारम्परिक ल्हो कोर (बर्ग चक्र) अनुसार पौष १५का दिन पुरानोल्होको समय अवधी सकिने नयाँ अर्कोल्होको पालो आउने भएकोले पुरानोल्होलाई बिदाइ गरी नयाँल्होलाई भब्य स्वागत गर्ने गरिन्छ, यस बर्षल्वो ल्हो‘ (गाई बर्ग) को बिदाइ तो ल्हो‘ (बाघ बर्ग) को स्वागत गरिन्छ

यसै अवसरमा तमू समाज, कुवेतले आगामी ३१ डिसेम्बर २०२१ शुक्रबार दिन कुवेतको हिजुल कबडएरियामा मान्यजनहरुबाट आशिर्वाद ग्रहण गर्ने, शुभकामना तथा खुशीयाली आदान प्रदान गर्ने, बिबिध साँस्कुतिक नृत्यहरु, झँकीहरु प्रस्तुत गर्ने परम्परागत खेलकुदहरु खेलेर मनोरन्जन गर्दै यसबर्षकोतो ल्होछार/ल्होसारमनाउने तयारी भएको सो अनुसारल्होछार मुल समिती बिभिन्नउपसमितीहरु निर्माण गरी सबैमा जिम्मेवारी सुम्पिएको कुरा तमू समाज, कुवेतका महासचिव सुरेशगुरुङले जानकारी गराएको