आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

एनसीसी कुवेतको निर्वाचन समितिद्वारा उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित

परदेशी खबर ११ श्रावण २०७६, शनिबार ०३:५९ मा प्रकाशित ( ४ साल अघि) १७५ पाठक संख्या

परदेशी खवर/जुलाइ २८, कुवेत।गैर आवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको निर्वाचन समितिले आगामी अगष्ट २ तारिक सम्पन्न हुन गइरहेको  आसन्न छैटाैं राष्ट्रिय महाधिवेशन मार्फत बन्ने नयाँ कार्य समितिको लागि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेद्वारहरूको अन्तिम सूचि प्रकाशित गरेको छ । निर्वाचन समितिले सूचना प्रकाशित गरि सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीमा ३१ जना उम्मेदवारहरुको नामावली प्रकाशित भएको छ । निर्वाचन समिति समिति समक्ष गत जुलाइ २० तारिक ३२ जना उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरेका थिए ।

निर्वाचन समितिमा परेका उम्मेदवार मध्यमा अन्तर्राष्ट्रिय परिषदको सदस्य, राष्ट्रिय समन्वय परिषदको अध्यक्ष सहित जम्मा २७ सिटको लागि २७ जनाको नै उम्मेद्वारी परेको थियो भने उपाध्यक्ष पदको एक सिटको लागि ३ जना र युवा संयोजक पदको एक सिटको लागि २ जनाको उम्मेदवारी परेको थियो ।

उम्मेदवारी घोषणाको क्रममा उपाध्यक्ष र युवा संयोजक पद बाहेक अन्य पदमा आवश्यक सिट संख्या बराबर नै उम्मेदवारी परेको थियो भने युवा संयोजक पदका २ जना प्रत्यासीहरू नबराज पराजुली र बुद्धिमान तामाङको उम्मेद्वारी परेकोमा बुद्धिमान तामाङले नबराज पराजुलीलाइ समर्थन गर्दै आफ्नो उम्मेदनारी फिर्ता लिइसकेका छन् ।

उपाध्यक्ष पदको एक सिटको लागि ३ जना उम्मेदवाररु उमेश पुडासैनी, होमनाथ गिरी र राणा ध्वज लामाको उम्मेद्वारी परेकोमा उम्मेदवारहरु बिच   हालसम्म पनि आपसी छलफल भैरहेकोले महाधिवेशन अगाबै नै उपाध्यक्ष पदको लागि पनि सहमति जुट्ने अनुमान गरिएको छ ।

निर्वाचन समितिले सूचना प्रकाशित गरि सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम सूची यस प्रकार रहेको छः

आइसीसी सदस्यः अमित राई
अध्यक्षः सुजन केसि
प्रथम उपाध्यक्षः हरि लावती
महिला उपाध्यक्षः अमृता बान्तवा
उपाध्यक्षः उमेश पुडासैनी, राणा ध्वज लामा, होम नाथ गिरी
महासचिवः मान बहादुर तामाङ(दिल कुमार पाख्रिन)
सचिवः जिबन कुमार बिक, माधव शाही
कोषाध्यक्षः हर्क बहादुर मोक्तान
सह कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ
युवा संयोजकः नबराज पराजुली
महिला संयोजकः रमिता योञ्जन
महिला सह संयोजकः माया राई

सदस्यहरु
बम बहादुर बिष्ट
दामोदर बटाला
देबी बहादुर सुनुवार
प्रकाश राई
माधव पौडेल
गीता गुरुङ
प्रदिप कार्की
मनोज ढकाल
दल बहादुर बस्नेत
सोनाम लामा
जिबन सुनार
अनुशा राई
ध्रुब कुमार कार्की
प्रेम प्रसाद गुरुङ
मोहन कुमार पौड्याल
गोविन्द न्यौपाने