आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

कुवेतमा तिन किराँती संस्थाले संयुक्तरुपमा उधौँली पर्व मनाउदै

परदेशी खबर १० मंसिर २०७५, सोमबार १८:२९ मा प्रकाशित ( ५ साल अघि) ६६९ पाठक संख्या

परदेशी खबर

नोभेम्बर २६,कुवेत | कुवेतमा क्रियाशील रहेको तिन किराती सस्था किराँत राई यायोक्खा,सुनुवार सेवा समाज र किराँत याक्थुङ चुम्लुङ कुवेतले  संयुक्तरुपमा किरात महान पर्व उधौँली मनाउने भएको छ | गत शुक्रबार कुवेतको फर्वानिया स्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा बसेको तीन किराँती संस्थाहरुको वैठकले डिसेम्बर २१ तारिखका दिन विशेष कार्यक्रम गरि मनाउने तयारीमा रहेको किराँत राई यायोक्खाका अध्यक्ष मन्जित चामलिंग राईले परदेशी खबरलाई जानकारी दिदैं  किराँतीहरुको महान चाडलाई भब्य र सभ्य रुपमा मनाईने बताउनु भयो |

“भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ विगत केही बर्षयता यी तीन किराँती संस्थाहरुले किराँती पर्वहरु संयुक्त रुपमा आयोजना गर्दै आइरहेका छन। विगतका कार्यक्रमहरुमा नेपालबाट आमान्त्रीत अतिथि कलाकारहरुको साथमा मनाउँदै आए पनि यसपालि समय अभावका कारण स्थानिय कलाकारहरुको साथमा कार्यक्रम मनाउने गरि तयारीमा जुटेको अध्यक्ष राइले परदेशी खबरलाई बताएका छन् ।

हरेक वर्ष झैँ यस बर्षपनि विभिन्न कार्यक्रम गरि मनाउन लागिएको हो | राइहरुले मान्ने उधौली येले दोङ ५०७८, सुनुवारहरुले मान्ने स्याँदर पिदार येले थोछे ५०७८ र लिम्बुहरुले मान्ने चासोक ताङ्नाम येले तम्बे ५०७८ संयुक्त मनाउने लागेको हो | कार्यक्रमको संयोजन सुनुवार सेवा समाज कुवेतले गरेको छ।

रोजगारी शिलशिलामा नेपालका विभिन्न भागबाट कुवेतमा रहेका तिन किराँती संस्था किराँत राई यायोक्खा,सुनुवार सेवा समाज र किराँत याक्थुङ चुम्लुङ कुवेतमा आवद्ध रहेका किराँती समुदायहरुले कला र संस्कृतिलाई जगेर्ण गर्दै विविध कार्यक्रम गरि उधौली र उभौली कार्यक्रम मनाउदै आईरहेका छन |

उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले मनाउने पर्व हो। यसलाई साकेला उधौली पर्व पनि भनिन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ। उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।

कुवेतमा सक्रिय रहेका संस्थाहरु  किरात राई यायोक्खा,सुनुवार सेवा समाज र किरात याक्थुङ चुम्लुङ कुवेत विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय रहेको छ नेपालका विभिन्न ठाउँका प्राकृतिक विपत्तिमा परेका र विभिन्न समस्यामा रहेकालाई साथ र सहयोग पनि गर्दै आइरहेका छन् |

 

कार्यक्रमको विवरण

उधौली कार्यक्रम

मिति :- २०१८-डिसेम्बर २१ तारिख शुक्रबार

स्थान :- पपिन्स हाल जिलिब कुवेत

समय बिहानको ११ बजे

आयोजक :- तिन किराँती संस्था -किराँत राई यायोक्खा,सुनुवार सेवा समाज र किराँत याक्थुङ चुम्लुङ कुवेत