आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

कुवेतमा मनायो याक्वा तङ्नाम, सालिवा श्याँदर पीदार र उभौली, तिन किँराती संस्थाहरुले सामुहिक रुपमा

परदेशी खबर २९ बैशाख २०७५, शनिबार २०:३६ मा प्रकाशित ( ५ साल अघि) ४६७ पाठक संख्या

परदेशी खबर/मे १२, कुवेत। रोजगारीको सिलसिलामा देशका विभिन्न भागबाट कुवेत आएका किँराती समुदायले सामुहिक रपमा आफ्नो भाषा,चाड,कलासस्कृती,रितिरिवाज र परम्परालाई संरक्षणगदै “भाषा, संस्कार संस्कृतीको संरक्षण, किँरातहरुको साझा अभियान” भन्ने नाराका साथ कुवेतमा क्रियाशिल किँरात याक्थुङ चुम्लुङ,सुनुवार सेवा समाज र किँरात राई यायोक्खा कुवेतले सामुहिक रुपमा मनाएको हो ।

मे ११ तारिख शुक्रबारका दिन कुवेतको फार्वानिया स्थित युनिक अडिटोरियम हलमा अतिथि कलाकारहरु जितेन राइ, पुजा सुनुवार,र सुनिता थेगिम लिम्बुको साथ विभिन्न कार्यक्रम गरि मनाइएको हो । कार्यक्रममा लिम्बूहरुको मौलिक नाच केलाङ नाच, सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच र राईहरुको मौलिक झाँकी साकेला नाचको साथै नेपालबाट आएका अतिथिहरुको विशेष प्रस्तुतिको साथ स्थानिय कलाकारको पनि प्रस्तुति रहेको थियो ।

कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङका बल बहादुर काम्बाङ को सभापतित्व रहेको कार्यक्रममा कुवेतका लागि नेपाली राजदुत महामहिम यज्ञबहादुर हमालको प्रमुख आतिथ्यतामा रहेको थियो भने प्रथम महिला रिता हमाल, नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देन, त्रितिय सचि्व सुरेश अधिकारी, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई चट्याङ लगायतको विशेष अतिथिको साथ कुवेतमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिका तथा पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी सहित नेपाली समुदायको उपस्तिथि रहेको थियो । कार्यक्रमको सहजिकरण यायोख्खाका उपाध्याक्ष कोशराज राइ र सुनुवार सेवा समाजका महासचिव टिकाराम सुनुवारले संयुक्तरुपमा गरेका थिए ।

सभापति,प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेको कार्यक्रममा स्वागत मन्तव्य किरात राई यायोक्खा कुवेतकी सह-सचिव कविता राईले दिएकी थिइन भने उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको बारेमा सुनुवार सेवा समाजका अध्यक्ष गुणबहादुर सुनुवार,र किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राई ले प्रष्ट पारेका थिए ।प्रमुख अतिथी,राजदूत यज्ञबहादुर हमाल, राजदुत धर्मपत्नी प्रथम महिला रिता हमाल,प्रथम सचिव भोगेन्द्र लिङ्देन,आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई चट्याङ, एनआरएनए कुवेतका माहा सचिब हरी लवती, उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको शुभकामना मन्तव्य दिएका थिए ।

अतिथी कलाकार बहुचर्चित गायक,गीतकार तथा संगीतकार जितेन राई, चर्चित गायीकाद्वय सुनिता थेगिम र पूजा सुनुवार लाई माया को चिनो स्वरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो भने साथमा आदिवासी जनजाती महासंघ कुवेतले मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको थियो।

कार्यक्रमको समापन गर्दै सभापति कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङका बल बहादुर काम्बाङ ले कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न तवरले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी, नेपाल बाट पाल्नु भएका अतिथि कलाकार,तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई बिशेष धन्यवाद ब्यक्त गरेका थिए।