आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024
FLASH NEWS

संसद भवनसम्मको राष्ट्रपतिको सवारी यस्तो देखियो (भिडियोसहित)

परदेशी खबर १५ चैत्र २०७४, बिहीबार २२:०२ मा प्रकाशित ( ६ साल अघि) ४२३ पाठक संख्या

 

 

मार्च २९,काठमाडौं –  नेपालको संविधानमा व्यवस्था भएबमोजिम राष्ट्रपतिले प्रतिनिधिसभाको चुनावपछिको पहिलो अधिवेशनलाई सम्बोधन गर्नुभएको हो ।

शीतल निवासबाट कारमै संसद भवन पुगे पनि राष्ट्रपति भण्डारीलाई अघिपछि घोडसवार सुरक्षाकर्मीले स्कर्टिङ गरेका थिए । राष्ट्रिय नेपाली झण्डाले सुसज्जित संघीय संसद भवनमा राष्ट्रपति भण्डारीको सम्बोधनका क्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कामु प्रधानन्यायाधीश दीपकराज जोशीलगायत नेपालका लागि विभिन्न देशका राजदूत लगायतको पनि सहभागिता रहेको थियो ।

झण्डै ७ मिनेटमात्रै राष्ट्रपतिको सम्बोधन भए पनि शीतलनिवासदेखि संघीय संसद भवन आवतजावतका क्रममा महाराजगञ्ज–नयाँ बानेश्वर भएर हिँड्ने यात्रु र सर्वसाधारण भने जामका कारण मर्कामा परेका थिए ।

संसदको विशेष समारोहमा राष्ट्रपति यसै गरी जाने परम्परा भए पनि धेरैले अनावश्यक रवाफ भन्दै विरोध गरेका छन् ।

सडकमा राष्ट्रपतिको सवारी देखेर दंग पर्नेहरु पनि थिए । राजाहरुको पालामा जस्तो ठाँट देखाएको भन्दै विरोध गर्नेहरु पनि थिए । संविधानमा चुनावपछि दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था अनुसार राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको हो ।उज्यालो अन्लाइनखबर बाट