आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो सातौं बार्षिक उत्सब मनायो

परदेशी खबर १२ फाल्गुन २०७४, शनिबार १७:४४ मा प्रकाशित ( ६ साल अघि) १९१ पाठक संख्या

हरि लावती /फेब्रुअरी २४, कुवेत ,किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो सातौं बार्षिक उत्सब मिति २३ फेब्रुवरी २०१८ शुक्रबारको दिन जेलिब स्थीत रिदम हलमा सम्पन्न भएको छ ।

चुम्लुङका अध्यक्ष बल बहादुर काम्बाङको सभाध्यक्षता तथा चुम्लुङका सस्थापक संरक्षक पुर्ण चेम्जोङको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य तथा कार्यक्रम उपसंयोजक मन खम्दाकद्धारा स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा परम्परागत लिम्बु नाच च्यब्रुङ नाज, हाक्पारे पालम, नृत्य तथा गायन द्धारा भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । चुम्लुङका कलाकारहरु लिला चेम्जोङ, टेक तुम्ब्रोक, इन्द्र कुरुम्बाङ, पुर्णिमा पोमु, सान्ति लिम्बु बाट च्युब्रुङ नाज, सुरितहाङ तुम्खेवाबाट हाक्पारे पालम, जिेतेन चेम्जोङ र निलम तामाङ बाट नृत्य तथा जेन्टल लिम्बुबाट गित गाएर आफ्नु प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चुम्लुङका कलाकार तथा सहयोगि दाताहरुलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतका महासचिब हरि लावती, संघिय लिम्बुवान सामाजिक मञ्च, कुवेतका अध्यक्ष रबि चेन्जी माबो, प्रमुख अतिथि पुर्ण चेम्जोङ लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
कार्यक्रमको समापन गर्दै चुम्लुङका अध्यक्ष बल बहादुर काम्बाङले भाबि योजना तथा चुम्लुङको बर्तमान अवस्थाबारे प्रष्ट पार्नु भएको थियो भने कार्यक्रमलाई चुम्लुङका उपाध्यक्ष नरेन्द्र थाम्सुहाङ (मिक्वा) द्धारा संन्चालन गरिएको थियो ।