आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

मोरङसुनसरी सेवा समाज कुवेतको वार्षिक उत्सव तथा बनभोज कार्यक्रम आउदो जनवरी ३० तारिकमा हुने

परदेशी खबर २८ पुष २०७६, सोमबार १९:१७ मा प्रकाशित ( ४ साल अघि) २०९ पाठक संख्या

परदेशी खबर / जनवरी १३, कुवेत l मोरङसुनसरी सेवा समाज कुवेतको चौथो वार्षिको उत्सव तथा वृहत बनभोज कार्यक्रम कुवेत स्थित वाफ्रामा आउदो जनवरी ३० तारिक बेलुका ९ बजे देखि ३१ तारिक दिनको १२ बजे सम्म हुने भएको छ l

“मोरङसुनसरी सेवाको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ बिगत २०१६ मा स्थापना भएको मोरङसुनसरी सेवा समाज कुवेत स्थापनाकालदेखिनै सक्रिय रही देश तथा विदेशमा बिभिन्न आपत बिपतमा परेकाहरुको उद्दार गर्दै सामाजिक कार्यमा आफ्नो पहिचान बनाउन सफल भएको छ l

उक्त कार्यक्रम स्थलसम्म जना आउनको लागि आयोजकले नि:शुल्क यातायातको पनि ब्यबस्था गरेको जानकारी समाजका महासचिव जयनारायण थारुले जानकारी दिएका छन् l

उक्त कार्यक्रममा क्रियाशिल संघ संस्था लगाएत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरु एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ कार्यक्रममा सहभागिता जनाई कार्यक्रम सफल बनाइदिनु हुन संघका अध्यक्ष अरुण लिम्बुले आग्रह गरेका छन् l

कार्यक्रम हुने
मिति : ३० जनवरि २०२० बिहिवार
गाडि छुट्ने समय – ६:०० बजे बेलुका
समय : साझ ९:०० देखि कार्यक्रम शुरु हुने
स्थान : वाफ्रा हल कुवेत
आयोजक : मोरङसुनसरी सेवा समाज कुवेत

सम्पर्क नमबरहरु –
अरुण लिम्बु – 55454818
नानुराज बराल – 60985718
जय नारायण माझि थारु – 56527663
कुमार बराईलि – 97253087