आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS

म्यागङ गाउँपालिका-३ देउराली स्कुलमा आगामी चैत्र २५ गते प्रङ्ना चलचित्रको भब्य प्रदर्शन हुने

परदेशी खबर १६ चैत्र २०७५, शनिबार ११:५३ मा प्रकाशित ( ५ साल अघि) ५३३ पाठक संख्या

आशिम दोर्जे तामाङ्ग, साउदी

चैत्र १६-  नुवाकोट, म्यागङ गाउँपालिका-३ देउराली माध्यमिक विद्यालयको प्रांगणमा आगामी चैत्र २५ गते बेलुका ठिक ५ बजेदेखि तामाङ कथानक चलचित्र ‘प्रङ्ना’ को बिशेष प्रदर्शन हुने भएको छ ।

उक्त विषेश प्रदर्शनमा प्रङ्नाका कलाकार लगायत अन्य चर्चित म्हेन्दोमाया कलाकारहरुको प्रस्तुति रहने चलचित्रका कलाकार लामा भाइले बताए । लामाका अनुसार देउरालीमा प्रदर्शन हुन लागेको प्रङ्ना हेर्न दर्शकले २ सय रुपैयाँको टिकट काट्नु पर्नेछन् ।

छिमी मम्बा तामाङको निर्माण, राज किङ वाइबाको निर्देशन्, सन्जु थोकरको छायाङ्कन, सागर एस वाइबा र युबि मोङ्रेसाको शब्द संगीत रहेको प्रङ्नाको गीतमा दिपा लामा र बबिता पाख्रिनको आवाज रहेको छ । नुवाकोट, रसुवा र धादिङका सिङ्ला, रुबीभ्याली लगायतको पर्यटकीय तथा एतिहासिक ठाँउहरुमा छायाङ्कन गरिएको उक्त चलचित्रलाई दर्शकहरुले निकै रुचाइएको छ ।

चलचित्रमा राज किङ वाइबा, लीला तमाङ, मर्नेन वाइबा, कान्छा लामा, बिगेन्द्र वाइबा तामाङ , बिना घले लोप्चन , गोपाल घले, लामा भाई, रेशा तामाङ, बनु लोप्चन तामाङ , पुष्प वाइबा , शरदा ब्लेन्देन तामाङ लगायतको अभिनय देख्न सकिनेछ ।

प्रङ्ना तामाङ गाउँले जनजीवनको पृष्ठभुमिमा रहेर निर्माण गरिएको चलचित्रमा समाजमा गरिबीको कारण भोग्नु परेको समस्या, अभाव , पिडा , दुख , चेलीबेटी बेचबिखन र यसले निम्त्याएको कथाब्यथाहरु समेटिएको निर्माण पक्षले जनाएको छ भने यस चलचित्रबाट सम्पूर्ण दर्शकहरुले पेट मिचिमिची हसाउनुका साथै तामाङ्ग मौलिकता र पहिचानको संदेशहरु र धुरुधुरु रुवाउने समेत बताए ।

निर्माण पक्षले म्यागङ र आसपास क्षेत्रका स्थानीयहरुलाई तामाङ चलचित्रलाई माया गरिदिनका लागि आग्रह गरेका छन्  ।