आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS

पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव फेला

परदेशी खबर ६ बैशाख २०८१, बिहीबार १४:४७ मा प्रकाशित ( १ हफ्ता अघि) २४ पाठक संख्या

काठमाडौ, ६ बैशाख । पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव भेटियोको छ ।सामुद्रिक जीव (सेल-फिस) खोज्ने क्रममा करिब दुई साता अघिदेखि पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव भेटिएको छ। धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो।

तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए। शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो। बेपत्ता उनको खोजी भइरहेको थियो।

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो।