आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले आज साउदी अरेबियासँग खेल्दै

परदेशी खबर ५ बैशाख २०८१, बुधबार १०:१० मा प्रकाशित ( १ हफ्ता अघि) ६७ पाठक संख्या

काठमाडौ,५ बैशाख । ओमनमा भैरहेको एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ ।

उक्त खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ । प्रतियोगितमा यसअघिका सबै खेल जितेको नेपालले साउदी अरेबियालाई पराजित गर्दै समूह चरणमा शत प्रतिशत नतिजा निकाल्न चाहन्छ ।

एक खेल अगावै नेपाल समूह ए विजेता बनिसकेको छ । साउदी अरेबिया भने नेपाललाई पराजित गर्दै सेमिफाइलन पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

उक्त समूहमा नेपालको ६ अंक छ । सबै खेल खेलेको कतारको ४ अंक रहँदा एक खेल खेल्न बाकी साउदी अरेबिया, मलेसिया र हङकङको दुईदुई अंक छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।