आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS

अन्तिम खेलमा ९ विकेटले हराउँदै क्यानाडाविरुद्धको सिरिज क्लिनस्विप

परदेशी खबर २९ माघ २०८०, सोमबार १६:२० मा प्रकाशित ( २ महिना अघि) १३१ पाठक संख्या

काठमाडौ , २९ माघ । ओपनर अनिल शाह र भीम सार्कीको शतकमा नेपालले क्यानडाविरुद्धको तीन खेलको ओडिआई सिरिज क्लीन स्वीप गरेको छ।

सोमबार भएको खेलमा घरेलु टोली नेपालले पाहुना टोलीलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सिरिज क्लीन स्वीप गरेको हो।

क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।

क्यानडाविरुद्धको जितमा अनिल र भिम दुवैले शतक पूरा गरे। नेपालका लागि कुनै पनि ओडिआई खेलमा दुई खेलाडीले शतक पूरा गरेको यो पहिलो पटक हो।

दोस्रो विकेटका लागि अनिल र भिमले १ सय ८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई सहज दिल निकाले।

यो अघि दोस्रो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले जिम्बाबे विरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए।

अनिल १ सय १२ र भिम १ सय १ रनमा अविजित रहे।

अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहर गर्दै अविजित रहे। अन्तराष्टिय ओडीआई करियरमा अनिलको यो पहिलो शतक हो।

अनिलले ४१ औँ ओभरको तेस्रो शलमा शतक पूरा गरेका हुन्। अनिलले १ सय १६ बलमा ११ चौका र १ छक्का मद्धतमा शतक पूरा गरे।

आक्रमक ब्याटिङ गरेका अनिलले १५ औँ ओभरको पाचौँ बलमा अर्धशतक पूरा गरे। अनिलले ५१ बलमा ८ चौका मद्धतमा अर्धशतक पूरा गरेका थिए।

भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का हान्दै १ सय १ रनमा नटआउट रहे। भिमले ४५ औँ ओभरको अन्तिम बलमा शतक पूरा गरे।

भीमले १ सय २७ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै शतक हानेका हुन्।

ओडिआई करियरमा भिमको यो पहिलो शतक हो। यसअघि भीमले ३१ औँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए। भिमले ७८ बलमा ५ चौका मद्धतमा अर्धशतक पूरा गरे।