आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS

क्यानडाले नेपाललाई २८६ रनको चुनौतीपूर्ण लक्ष्य दिए

परदेशी खबर २७ माघ २०८०, शनिबार १३:१५ मा प्रकाशित ( २ महिना अघि) १४१ पाठक संख्या

काठमाडौ, २७ माघ। एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत नेपाल भ्रमणमा रहेको क्यानडाले दोस्रो खेलमा नेपाललाई २८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित मैदानमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले ९ विकेट गुमाउँदै २८५ रन जोडेसँग नेपालले २८६ रनको लक्ष्य पाएको हो ।

नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा क्यानडाका लागि आरोन जोन्सनले ६२ बलमा ६५ रनको अर्धशतकीय पारी खेले । नवनति थलिवालले ६० बलमा ४६ रन बनाए । पर्गत सिंहले ३८ बलमा ३८, निकोलास किर्तोनले २० रनको योगदान दिए ।