आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024
FLASH NEWS

कुवेतमा सात महिनादेखि अलपत्र नेपाली महिलाको शव नेपाल पठायो

परदेशी खबर २६ पुष २०८०, बिहीबार १०:१६ मा प्रकाशित ( ३ महिना अघि) १६९ पाठक संख्या

कुवेत, ११ जनवरी । विगत ७ महिनादेखी अलपत्र परेको नेपाली महिला कामदारको शव जनवरी १० तारीखका दिन नेपाल पठाएको छ।

कुवेतमा क्रियाशिल संस्था कल्याणकारी नेपाली युवा समाज कुवे ले आर्थिक संकलन अभियान सञ्चालन गरि सहयोग रकम जुटाई नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाएको हो ।

विगत ७ महिना पहिले सुनसरिकी चन्द्रकला राइको आफ्नै निवास महाबुल्लामा मृत्यु भएको थियो। उनको मृत्यु भए पश्चात् उनको शव अलपत्र परेको थियो। उनी अवैध बाटो हुँदै श्रम नगरी घरेलु कामदारको रुपमा कुवेत आएकी कारण समस्या भएको थियो । श्रम नगरी दोस्रो मुलुकलाइ ट्रान्जिट बनाएर आएका नेपालीकामदारहरु मृत्यु भएमा वैदेशिक रोजगार बोर्डले शव पठाउन पैसा निकाशा नगर्ने हुँदा त्यस्ता शवहरु अलपत्र पर्ने गरेको छ।

आर्थिक अवस्था कमजोर रहेको परिवारले पैसा पठाएर आफ्नो छोरिको शव स्वदेश ल्याउन नसकेपछी लामो समय सम्म अलपत्र परेको शव नेपाल पठाउन कल्याणकारी नेपाली युवासमाज कुवेत ले आर्थिक संकलन अभियान सञ्चालन गरि हिजो NRNA अध्यक्ष तथा कल्याणकारी युवा समाज कुवेतका पदाधिकारिको टोलि नेपाली दूतावास पुगेर शव पठाउन लाग्ने रकम ३७५ केडि नेपाली दूतावासमा हस्तान्तरण गरे पछि आज शव नेपाल जाने भएको हो। उनको शव ८ जनवरीमा कुवेत एयरवेजद्वारा नेपाल जाने भएको हो।