आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS

कुवेत सरकारले तत्काल कर्फ्यु लागु नगर्ने, रेस्टुरेन्ट तथा होटलले डेलिभरी मात्र गर्न पाउने

परदेशी खबर १० फाल्गुन २०७७, सोमबार २२:३६ मा प्रकाशित ( ३ साल अघि) १७८ पाठक संख्या

युग लामा/ कुवेत – कुवेत सरकारले कोरोना भाईरस नियन्त्रनको लागि तत्कालको लागि कर्फ्यु आदेश लागु नगर्ने भएको छ । आज बसेको क्याबिनेटको  बैठकले सो निर्णय गरेको हो ।  

कुवेतमा २३ तारिकदेखी बेलुका ७ बजेदेखी बिहान ७ बजेसम्म कर्फ्यु हुन सक्ने विभिन्न संचार माध्यमले जनाएको थियो ।  

अरब टाइम्स अनलाइनले जनाए अनुसार २४ फेब्रुअरीबाट रेस्टुरेन्ट तथा होटलहरुले टेबलमा ग्राहक लिन नपाउने भएको छ, तर डेलिभरीको लागि भने अनुमती दिएको छ ।