आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

२४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

परदेशी खबर ६ आश्विन २०७७, मंगलवार १०:४३ मा प्रकाशित ( ३ साल अघि) १३० पाठक संख्या

काठमाडौं । बितको २४ घण्टामा देशभर  १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको गौतमले बताए । 

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् । रातो पार्टीले यो खबर प्रकाशित गरेका छन ।