आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024
FLASH NEWS

अपडेट: बालुवाको ढिस्काले पुरिएर मृत्यु हुने ६ जना मध्ये ४ जनाको पहिचान खुल्यो

परदेशी खबर १ फाल्गुन २०७६, बिहीबार १८:४६ मा प्रकाशित ( ४ साल अघि) १९९ पाठक संख्या

परदेशी खबर/ फेब्रुअरी १३, कुवेत। बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा परि ६ जना नेपाली कामदारहरुको मृत्यु भएकाहरु मध्ये ४ जना सहित घाइते २ जनाको पहिचान खुलिसकेको र मृतक २ जनाको भने स्पष्ट विवरण आइनसकेको नेपाली दुतावास कुवेतले प्रेस विज्ञाप्ति जारि गरेको छ।

उक्त घटना हिजो फेब्रुअरी १२,२०२० बुधबार दिनको समयमा निर्माणस्थलमा काम गरिरहेको समयमा घटेको थियो।

चिनियाँ कम्पनी(CGGC)ले निर्माणको जिम्मा लिएको अलमुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा ख़स्दा ६ जना नेपाली कामदारको मृत्यु भएको थियो भने घाइते १ जनाको कुवेतको जाहारा अस्पतलमा उपचार गराई रहेको र अर्का १ जना सामान्य घाइते उपचार पश्चात कम्पनिमा फर्किसकेको विज्ञाप्तिमा उल्लेख छ।

विज्ञाप्ति जस्ताको तस्तै