आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

कुवेतबाट TARIQ ALGHANIM कम्पनिमा कार्यरत नेपालीहरु द्वारा गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको लागि आर्थिक सहयोग

परदेशी खबर २५ पुष २०७६, शुक्रबार ०४:४७ मा प्रकाशित ( ४ साल अघि) ३३७ पाठक संख्या

परदेशी खबर/ जनवरी ९,कुवेत। डोटी शिखर नगर पालिका  घर भइ हाल वैदशिक रोजगारीको शिलशिलामा कुवेतलाई कर्मथलो बनाइ बचेको समयलाई समाजिक कार्यमा सदुपयोग गर्दै कुवेतमा कार्यरत एवं सुदुरपश्चिमेली नेपाली समाज कुवेतका महासचिव मान ब.बलायरको पहलमा कुवेतको TARIQ ALGHAIM कम्पनिमा कार्यरत नेपालीहरु द्वारा जनस्तरबाट निर्माण भईरहेको ‘गौँतम बुद्ध क्रिकेट रंगशालालाई नेपाली रुपियाँ ७५३७४ आर्थिक सहयोग गरेको छ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी बलायर र आफु काम गर्ने कम्पनि तारिक अल्घानिममा कार्यरत नेपालीहरुबाट संकलित रकम जम्मा (२००kd )नेपाली रुपियाँ ७५३७४ धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको हो। 

यस अभियानमा आार्थिक सहयोग गरि हातेमालो गर्दै जोडिनु भएका सम्पुर्ण सहयोगी मनहरुलाई अभियन्ता बलायरले हार्दिक धन्यवाद एवं आभार ब्यक्त गरेका छन्।

बलायरको कुवेत आगमन पछि आफ्नो क्षेत्रको “कलासंस्कृतिको जगेर्ण”र समाजको प्रतिनिधत्व गर्दै समाजिक र  मानविय कार्य गर्दै आएका उनले ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ हो भन्दै यस गौरवमय अभियानमा सबैले साथदिन सम्पूर्ण नेपाली दाजु भाइ दिदीबहिनीहरु तथा संघ संस्थाहरुलाई समेत सक्दो सहयोग गरिदिन अनुरोध गरेका छन्।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न लागिएको छ। मौलिकतासहित निर्माण हुन लागेको रङ्गशाला स्तुपाकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ। यो रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली नागरिकको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रङ्गशाला हुनेछ ।यसमा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिङलगायतका खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रङ्गशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।