आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

परदेशी खबर ७ भाद्र २०७६, शनिबार १०:१६ मा प्रकाशित ( ४ साल अघि) २६७ पाठक संख्या

अगष्ट २४, युएईl गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएई (नेपाल एशोसियशन) को महाधिवेशनबाट २०१९ – २०२१ कार्यकालको लागी प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

उक्त महाधिवेशनबाट अध्यक्षमा प्रकाश कोईराला निर्बिरोध निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा राजन खतिवडा, निरंजन सिलवाल, पासाङ रिन्जी शेर्पा , महासचिवमा निस्चल दाहाल ,सचिवमा जीवन दाश, रमेश क्षितिज ,युवा संयोजकमा मदन अधिकारी,महिला संयोजकमा शोभा शर्मा,कोषाध्यक्षमा बिकाश शाही, सह-कोषाध्यक्षमा फडिन्द्र ढकाल निर्वाचित हुनु भएको छ्न।

त्यसै गरि सदस्यहरूमा कृष्ण ठाकुर,प्रकाश रायमाझी,कुमार कार्की,शम्भु पोख्रेल,प्रकाश थापा,मान बहादुर सुनार खाती,सुशील खत्री क्षेत्री,सुजन सापकोटा,गोबिन्द पराजुली,अमित पाण्डे,कमल मो.मिया,सरस्वती न्यौपाने कोइराला र बीरेन्द्र खडका निर्वाचित हुनु भएको छ भने आइसिसि सदस्यहरुमा ठाकुर प्रसाद ढुंगाना, नेत्र प्रसाद शर्मा र राजु के.सी.निर्विरोध निर्वाचित हुनु भएका छ।