आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

परदेशी खबर २ श्रावण २०७६, बिहीबार १३:३६ मा प्रकाशित ( ४ साल अघि) ३३२ पाठक संख्या

परदेशी खबर / जुलाई १८,कुवेतl नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम वार्षिक उत्साव तथा बृहत सांगीतिक घमाका लागि कुवेत आएका अतिथि कलाकारहरु प्रथम नेपाल idol बुद्ध लामा र पप तथा रक गायिका सरस्वती लामालाइ हिजो साँझ कुवेतको अन्तराष्ट्रिय विमान स्थलमा कुवेतवासी नेपालिहरु द्वारा भव्य स्वागत गरिएको थियो।

 

१९ जुलाई शुक्रबारका दिन जिलिब स्थिति (Nottingam British School) मा हुन गैइरहेको उक्त सांगितिक धमाकाका लागि प्रथम नेपाल idol बुद्ध लामा र पप तथा रक गायिका सरस्वती लामा कुवेतमा अतिथि कलाकारको रुपमा आएका हुन।

 

रोजगारीको शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दिदीबहिनी तथा दाजुभाईहरुलाई एकीकृत गर्दै गठित “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम वार्षिक उत्साव तथा बृहत सांगीतिक घमाका आउदो १९ जुलाई २०१९ शुक्रबारका दिन जिलिब स्थिति (Nottingam British School)को हलमा हुन गैइरहेको छ l

उक्त दिन कुवेतमा कयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थिति जनाई कार्यक्रम सफल पारिदिनु हुनको लागी आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण

मिति : शुक्रबार १९ जुलाई २०१९

स्थान : जिलिब स्थिति (Nottingam British School)

समय : दिनको ११ बजे देखि