आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

गायिका शसीकला मोक्तानको ‘नाचिन्छ नाचिन्छ’ बोलको गीत सार्वजनिक

परदेशी खबर ५ असार २०७६, बिहीबार ०२:३६ मा प्रकाशित ( ४ साल अघि) १८३ पाठक संख्या

गायिका शसीकला मोक्तानको ‘नाचिन्छ नाचिन्छ’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीको चाबहिलमा एक कार्यक्रम अयोजना गर्दै भिडियोलाई सार्वजनिक गरेको हो ।

बरिष्ठ कलाकार जयनन्द लामा, ईन्दिरा गोले, रोज मोक्तान, नेपाल तामाङ कलाकार संघको अध्यक्ष संजीव वाईबा लगाएतको हातबाट लोकार्पण भएको गीतमा बिनय लामाको शब्द संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा गायिका शसीकला मोक्तानको एकल स्वर रहेको छ भने भिडियोमा बर्षा थिङ र छिरिङ लामा फिचर्ड छन् । एस.के महर्जनको छायांकन रहेको भिडियोलाई दिलिप योन्जनले सम्पादन गरेका हुन् भने निर्देशन तथा कोरियोग्राफी हेरुका लामाको रहेको छ ।