आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

म्यागङ गाउँपालिकामा म्हेन्दोमाया कलाकार संघ गठन, अध्यक्षमा चिजा तामाङ्ग

परदेशी खबर ५ असार २०७६, बिहीबार ०१:२८ मा प्रकाशित ( ४ साल अघि) ३३७ पाठक संख्या

संवाददाता काठमाण्डौ ,

असार ५- म्यागङ गाउँपालिकामा म्हेन्दोमाया कलाकार संघ गठन भएको छ । म्हेन्दोमाया कलाकार संघ नेपालको कोषाध्यक्ष एन्जिला वाईबाको उपस्थितिमा हिजो बुधाबार असार ४ गते २०७६ का दिन बालाजु स्थित ल्हाई ब्योन तामाङ्ग गोईला सप्लायर्समा ११ सदस्यीय सहित म्हेन्दोमाया कलाकारहरुको एउटै मात्र संस्था म्हेन्दोमाया कलाकार संघ नेपालको शाखाको रुपमा म्हेन्दोमाया कलाकार संघ म्यागङ गाउँपालिका गठन भएको हो ।

अध्यक्षमा चिजा तामाङ्ग, उपाध्यक्ष मिना लामा, सचिव किर्ति तामाङ्ग, सह- सचिव लामा भाई, कोषाध्यक्ष मुन्ना घले, सह- कोषाध्यक्ष फुलामाया तामाङ्ग, सदस्यहरु शैलप वाईबा, आईतराम तामाङ्ग, सोबी लामा, बिनोद तामाङ्ग र निशा तामाङ्ग  रहेका छन । चयन हुनु भएका सम्पूर्ण कार्य समितिहरुलाई एन्जिला वाईबाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएकी थिन ।