आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024
FLASH NEWS

दर्शकहरुको मन जित्दै प्रङ्ना

परदेशी खबर २७ चैत्र २०७५, बुधबार १५:४९ मा प्रकाशित ( ५ साल अघि) ५३३ पाठक संख्या

असिम दोर्जे तामाङ/ अप्रिल १०, काठमाण्डौ l तामाङ कथानक चलचित्र प्रङ्ना नुवाकोट म्यागङ गाउँपालिकाको विभिन्न ठाँउहरुमा बिशेष प्रदर्शन भैरहेको छ ।

प्रङ्ना प्रदर्शनमा फिल्मका निर्देशक राज किङ वाइबा तथा प्रङ्नाका कलाकारहरु लामा भाइ, प्रीती तामाङ र बिगेन्द्र वाइबा लगायतको सहभागितामा फिल्म म्यागङ-३ देउराली र साबिक देउराली -६ मा हिजो र अस्ति भब्य प्रदर्शन भएको फिल्मका कलाकार लामा भाइले जानकारी दिएको छ ।

दर्शकहरुको माग बढन थलेपछि आज बुधबार म्यागङ-२ बुङताङमा पनि भब्य प्रदर्शन भएको छ भने किस्पाङका कयौं ठाँउहरुमा समेत प्रदर्शन पक्का भएको फिल्मी पक्षले बताएको छ ।

गाउँपालिका प्रमुख आशा तामाङ लगायत अन्य स्थानीय जनप्रतिनिधिहरुले समेत फिल्मलाई अवलोकन गरेको र प्रदर्शन सफल पर्न आवस्यक सहयोगीको भुमिका समेत जनप्रतिनिधिले खेलेका लामाले बताए ।

छिमी मम्बा तामाङको निर्माण , राज किङ वाइबाको निर्देशन्, सन्जु थोकरको छायाङ्कन, सागर एस वाइबा र युबि मोङ्रेसाको शब्द संगीत रहेको प्रङ्नाको गीतमा दिपा लामा र बबिता पाख्रिनको आवाज रहेको छ । नुवाकोट, रसुवा र धादिङका सिङ्ला, रुबीभ्याली लगायतको पर्यटकीय तथा एतिहासिक ठाँउहरुमा छायाङ्कन गरिएको उक्त फिल्मलाई पछिल्लो समय दर्शकहरुले निकै रुचाइएको पाइएको छ ।

चलचित्रमा राज किङ वाइबा, लीला तमाङ, मर्नेन वाइबा, कान्छा लामा, बिगेन्द्र वाइबा तामाङ , बिना घले लोप्चन , गोपाल घले, लामा भाई , रेशा तामाङ, बनु लोप्चन तामाङ , पुष्प वाइबा , शरदा ब्लेन्देन तामाङ लगायतको अभिनय देख्न सकिनेछ ।

प्रङ्ना तामाङ गाउँले जनजीवनको पृष्ठभुमिमा रहेर निर्माण गरिएको चलचित्रमा समाजमा गरिबीको कारण भोग्नु परेको समस्या, अभाव , पिडा , दुख , चेलीबेटी बेचबिखन र यसले निम्त्याएको कथाब्यथाहरु समेटिएको निर्माण पक्षले जनाएका छन् ।

प्रदर्शनमा दर्शकको भिड र प्रदर्शन पछि दर्शक-दीर्घको सकारात्मक प्रतिक्रियाले आफुहरु साच्चै उत्साहित भएको फिल्मका निर्देशक राज किङले व्यक्त गरे ।