आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

नेपाल र कुवेतको मैत्रीपुर्ण फुटबल खेल हेर्न जान एनआरएनएकुवेतको बस सेवा

परदेशी खबर ५ चैत्र २०७५, मंगलवार १८:३५ मा प्रकाशित ( ५ साल अघि) २७० पाठक संख्या

Image may contain: text

परदेशी खबर
मार्च १९, कुवेत । नेपाल र कुवेतको मैत्रीपुर्ण फुटबल खेल हेर्न जानलाइ एनआरएनएकुवेतले बस सेवा प्रदान गर्ने भएको छ ।

कुवेत फूटबल संघको आयोजनामा यहि २१ मार्च, २०१९ बिहिबार साझ ६ः३० बजे कुवेतको अहमादी स्थीत अल सबाब स्पोर्टस क्लब स्टेडियम, कुवेतमा नेपाल र कुवेतको राष्ट्रिय फुटबल टिम बिच मैत्रिपुर्ण खेल (फ्रेन्डली म्याज) हुन गईरहेको छ । उक्त खेलमा नेपाली राष्ट्रिय फुटबल टिमलाई हौसला प्रदान गर्न कुवेतबासी सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाई दिदिबहिनीहरु खेल मैदानमा उपस्थित भईदिनु हुन एनआरएनए, एनसिसि कुवेत हार्दिक अनुरोध गरेको छ ।

एनसिसि कुवेतले आफ्नो सवारी साधन नभएका खेलप्रेमी दर्शकहरुको लागि फाहाहिल देखि खेल मैदान सम्म यातायातको ब्यबस्था समेत गरेको सबैमा जानकारी गराइन्छ ।

बस लाग्ने स्थान : Fahaheel Grand Hyper पछाडि
बस लाग्ने समय : साझको ५ः३० देखि ६ः०० बजे सम्म

सम्पर्क नम्बरहरु :
अध्यक्ष – सुमित्रादेबि पौडेल ५५०३३४४०
महासचिब – हरि लावती ९७२७८३७९
सचिब – उमेश पुडासैनी ५१६९०५१२

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत ।