आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

कुवेतमा हृदयघातबाट एक नेपालीको निधन,११ दिनको अन्तरालमा दुइ नेपालीले ज्यान गुमाए

परदेशी खबर ९ मंसिर २०७५, आईतवार १८:१४ मा प्रकाशित ( ५ साल अघि) १०३ पाठक संख्या

नोभेम्बर २५,कुवेत | हृदयघातबाट फेरी अर्का एक नेपालीको निधन भएको छ |

बिगत दुइ वर्षदेखि कुवेतको अल तकदम रियलस्टेट कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै आएका दुर्गा बहादुर तामाङको  नोभेम्बर २४ तारिख शनिवारका दिन सुतेको अवस्थामै निधन भएको पुस्टी भएको हो |

मृतक तामाङ कास्की  जिल्ला लेखनाथ २९ भाडारिकाका स्थायी वासिन्दा  हुन्।

कम्पनीमा बिहानको काम सकेर करिब दिउँसो १२ बजे कोठामा फर्केका उनी खाना खाएर सुतेका  थिए ।

मृतक तामाङ नियमित समयमा नउठेपछि  सहकर्मीहरुले उठाउन खोज्दा उनलाई मृत अवस्थामा भेटिएका सहकर्मीहरुले बताएको छ ।

नेपाली राजदूतावासले आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव नेपाल पठाउने दुतावास श्रोतले जानकारी दिएका छन् |

११ दिनको अन्तरालमा दुइ नेपालीले हृदयघातको कारणले ज्यान गुमाएका छन् |गत नोभेम्बर १५ तारिखका दिन झापा जिल्ला माइधारा घर भएका बिष्णु घिमिरे पनि ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए |