आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024
FLASH NEWS

कुवेतबाट खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोक्खा कुवेतले संयुक्त आर्थिक सहयोग हस्तान्तरण

परदेशी खबर ३ मंसिर २०७५, सोमबार १८:०१ मा प्रकाशित ( ५ साल अघि) ५१३ पाठक संख्या

परदेशी खबर

नोभेम्बर १९,कुवेत |कुवेतमा सक्रिय सामाजिक संस्थाहरु  खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात राई यायोक्खा कुवेतले संयुक्त रुपमा हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ ५० हजार आर्थिक सहयोग गरेको छ।

अनिच्छुक गर्भपतन गराउने क्रममा २०७३ साल भदौ १९ गतेका दिन जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मीहरुको लापरबाहीले अकालमै ज्यान गुमाएकी तलकुमारी राई र गत साउनमा करेन्ट लागेर मृत्यु भएका चन्द्र किरातको ५ छोरी २ छोराहरुलाइ गाँस बास कपास र उच्च शिक्षाका लागि उक्त आर्थिक सहयोग गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चामलिंग राइले परदेशी खबरलाई  बताएका छन।

 

आमाको मृत्यु भएको दुई बर्ष नबित्दै पिताले पनि ज्यान गुमाएपछी एकै परिवारका ७ जना टुहुरा बनेका थिए। यो बिसयमा स्थानिय तथा देश विदेशबाट विभिन्न मिडियाबाट समाचार प्रकाशित भएसंगै  देश विदेश गरि विभिन्न ब्याक्तित्वहरु तथा संस्थाहरुले आर्थिक सहयोग गरिरहेको छ। देश विदेशबाट सहयोग आउन थालेपछी जेठी छोरिको नाममा माछापुच्छ्रे बैंकको शाखामा खाता खोलेर जम्मा गराइरहेको छ। हालसम्म पिडित परिवारको लागि उक्त खातामा १३ लाख १२ हजार ४९१ रुपैयाँ जम्मा भएको बताएका छन्  ।

कुवेतबाट दुई संस्थाले गरेको उक्त सहयोग रकम गत सोमबार हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईद्वारा पिडित मध्यकी जेठी दिदिलाइ एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ।